शुक्रबार, वैशाख १२, २०८२

मर्नुअघि मानिसमा देखिन्छन् यी संकेत

नेपालखोज २०७९ फागुन १६ गते ६:५४

हिन्दु धर्मका १८ पुराणमध्ये गरुड पुराण निकै महत्त्वपूर्ण मानिन्छ । यसमा भगवान् विष्णु र उनको वाहन गरुड बीचको कुराकानीको वर्णन गरिएको छ । यो पुराणमा मृत्युको रहस्य र त्यसको परिणामका बारेमा विस्तृत जानकारी दिइएको छ । यो पुराण कसैको मृत्यु पछि मात्र पढिन्छ ।

यसमा स्वर्ग, नर्क, पाप – पुण्य ज्ञान, नीति, नियम, धर्म आदिको वर्णन पाइन्छ । गरुड पुराणमा भनिएको छ – जब कसैको मृत्यु हुन लाग्छ त्यस भन्दा पहिले उसलाई केहि विशेष संकेत मिल्छ । मानिस मर्नुअघि उसले आफ्नो पुरानो जीवन सम्झन थाल्छ । उसले गरेका सबै राम्रा – नराम्रा कामहरु सम्झिन थाल्छ । उसले चाहेर पनि यस्तो सम्झना रोक्न सक्दैन । यस्तो अवस्थामा उसको मन अशान्त हुन थाल्छ ।

रहस्यमय द्वार – गरुड पुराण अनुसार जब मानिसको मृत्यु हुन्छ तब उसलाई रहस्यमय द्वार देखिन थाल्छ । कसैले त्यहाँ भित्र ज्वाला देख्छन् भने कसैले उज्यालो देख्छन् । यी संकेतहरूले उसको मृत्यु नजिकै भएको देखाउँछ ।

हत्केलाका रेखा – मानिसको सम्पूर्ण जीवनको ऐना हुन सक्छ तर जब कसैको मृत्यु नजिकिँदै जान्छ तब उसका हत्केलाका रेखाहरू धमिला हुँदै जान्छन् । कतिपय मानिसमा त हत्केलाका रेखाहरू नै हराउन थाल्छन् ।

यमदूतहरू देखा पर्नु – जब मानिसको मृत्यु हुन एक घण्टा बाँकी रहन्छ तब यमदूतहरू देखा पर्न थाल्छन् । उसलाई आफु वरिपरि नकारात्मक उर्जा आएको महसुस हुन्छ । मानिसले आफ्नो मृत्यु हुनु अघि अनौठो सपना देख्न थाल्छ । पितृहरू सपनामा देखिन वा भेट्न थाल्छन् । सपनामा पितृहरू रोएको देख्नु पनि मृत्युको संकेत हो ।

विशेष जानकारी : यहाँ उल्लेखित जानकारी सामान्य विश्वास र प्रचलित मान्यतामा आधारित छ । नेपालखोजले यसको आधिकारिकता पुष्टि गर्दैन ।

प्रतिक्रिया