मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्षमा गुरुदत्त शर्मा चयन

नेपालखोज २०७९ फागुन १६ गते १०:४२

काठमाडौं । काठमाडौंको पाको, न्यूरोडमा स्थित ताम्राकार मोबाइल कम्प्लेक्सका व्यवसायीहरुको संगठनले नयाँ नेतृत्व छनौट गरेको छ । ताम्राकार कम्प्लेक्समा व्यवसाय गरिरहेका मोबाइल व्यवसायीहरुको छाता संस्था मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको नयाँ नेतृत्वमा गुरुदत्त शर्मा सर्वसम्मत चयन भएका छन् । शर्मा यसअघि संघमा सचिवको रुपमा कार्यरत थिए ।

अध्यक्ष शर्माको नेतृत्वमा १७ सदस्यिय कार्यसमिति समेत सर्वसम्मत चयन भएको छ । जसअनुसार मोबाइल व्यापार संघको वरिष्ठ उपाध्यक्षमा अनील ढकाल चयन भएका छन भने महासचिवमा गोपाल बहादुर क्षेत्री आएका छन् । त्यसैगरी उपाध्यक्षद्वयमा विवेक शर्मा तथा कल्पना तिवारी आएका छन भने रमण पराजुली सचिव, मोती कोइराला कोषाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।

यसका साथै कार्यसमिति सदस्यहरुमा निर्जश कार्की, बलराम कार्की, सरोज गौतम, रविन डागी, सुनिता कार्की, रामदास ठकुरी, निर्मल अर्याल, चन्द्रमान श्रेष्ठ, सपना बानिया चयन भएका छन् । संघको वरिष्ठ सल्लाहकारमा संजीत पौडेल तथा प्रदिप बानियाँ चयन भएका छन् । नव निर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

नव निर्वाचित अध्यक्षमा शर्माले संघले मोबाइल व्यवसायीको समस्याहरुलाई समाधान गर्दै आगामी दिनमा नयाँ योजनाहरु ल्याउने बताए । ताम्राकार कम्प्लेक्स देशकै मोबाइल व्यवसायको केन्द्र हो। त्यसैले यहाँका व्यवसायीहरुको समस्या बढ्दा देशभर असर पार्दछ । पछिल्लो समय मोबाइल व्यवसायमा देखिएको अन्य चुनौतीहरुले समेत असर पारिरहेका छ । नयाँ नेतृत्वले सबैसँग मिलेर समस्याहरु समाधान गर्नेछ, अध्यक्ष शर्माले भने ।

कार्यक्रममा संस्थापक अध्यक्ष जगत साउदले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै व्यवसायीको हकहितमा लाग्न सुझाब दिएका थिए । यसका साथै नयाँ नेतृत्वले ताम्राकार कम्प्लेक्समा विभिन्न प्रबद्र्धनात्मक कार्यहरुका साथै व्यापार व्यवसायीमैत्री गतिबिधिहरु गरिने जानकारी दिएको छ ।

प्रतिक्रिया