सीडीओले जनाए सर्लाहीका मिटरब्याज पीडितहरुसँग न्याय दिलाउने प्रतिवद्धता

सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) यन्द्रदेव यादवले जिल्लाभरबाट जम्मा भएर गाउँपालिकाबाट आएर पूर्व–पश्चिम राजमार्गको छेउमै अनिश्चितकालीन धर्ना बसिरहेका मिटरब्याज पीडितहरूलाई धर्नास्थलमै पुगेर न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनको प्रतिवद्धतापछि धर्नाकारीहरुले मंगलबारदेखि धर्ना स्थगन गरेका छन् ।
सर्लाहीका झण्डै ६ दर्जनको संख्यामा मिटरब्याज पीडितले न्याय माग गर्दै यही फागुन ७ गतेदेखि नवलपुरस्थित पूर्वपश्चिम राजमार्गको छेउमै अनिश्चितकालीन धर्ना सुरु गरेका थिए ।
त्यसक्रममा जिल्ला समन्वय समिति (जिसस) सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी र प्रहरी अधिकारीसहितले धर्नाकारीहरुलाई न्यायका लागि सक्दो पहल गर्ने र दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका थिए ।
समस्या समाधानका लागि तीव्र रुपमा पहल गरिने मेयर बुढाथोकीले बताए । उनले सुदखोरको मिटरब्याजबाट पीडितहरूलाई न्याय दिलाउने अभियानको नेतृत्व गर्दै आइरहेका छन् । धर्नाकारीहरुले साहुले गरेको दृष्टिबन्धक खारेज, राजीनामा पास फिर्ता, जाली तमसुक खारेज गरी लिलाम भएका जमिन फिर्ता गर्नुपर्नेलगायत माग राखेका थिए ।
ऋण लिँदा बनाएको कपाली तमसुककै आधारमा साहुहरूले अदालतमा मुद्दा हालेर धेरै मात्रामा ऋणीको घरजग्गा लिलाम गरेर सुकुम्वासीको अवस्थामा पुर्याउने हर्कत गरिरहेका छन् । सर्लाहीमा मात्रै अहिलेसम्म करिब ५०० को संख्यामा मिटरब्याज पीडित जिल्ला प्रशासन कार्यालयको सम्पर्कमा पुगेका छन् ।
अदालतका कर्मचारीसँगको मिलेमतोमा सुदखोरहरूलाई सहयोृग पुर्याउने काम अदालतकै कर्मचारीबाट भइरहेकोा र उनीहरुकै योजनामा साहुहरुले फर्जी कागज देखाएर मुद्दा हाल्ने र पीडितको जायजेथा लिलामीमा पठाउने गरिएको पाइएको छ । मिटरब्याज पीडित संघर्ष समितिको नेतृत्व रुक्मिणी चौधरीले गरिरहेकी छन् ।
पीडितले आन्दोलन चर्काएपछि तीन वर्षअघि प्रहरीले सर्लाहीका कुख्यात सुदखोर श्याम परदेशी भनिने श्यामकृष्ण साह, रामबाबु राय जेलमा छन् । साहविरु सय जनाभन्दा बढीको उजुरी परेको छ । तर केही नामूद सुदखोर फरार सूचीमा छन् । सुदखोर सञ्जय साह रौनियार, उनका भाई उमाशंकर लगायत फरार छन् ।

प्रतिक्रिया