मुलुक सन् २०२६ सम्ममा विद्युत्मा आत्मनिर्भर हुन्छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रत्येक वर्ष ८ सय मेगावाट विद्युत् उत्पादन बढ्दै गएको र यसबाट मुलुक आत्मनिर्भरताको बाटो अगाडि बढेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित जलविद्युत् क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले सन् २०२६ सम्म सुक्खा सिजनमा पनि जलविद्युत्मा मुलुक आत्मनिर्भर हुने बताए ।
‘अहिले सञ्चालित आयोजनाको २५ सय ४४ मेगावट उत्पादन क्षमता छ । यसमा सोलार ७० मेगावट छ । प्रत्येक वर्ष ८ सय मेगावट विद्युत उत्पादन बढ्दै गएको छ’ घिसिङले भने, ‘पछिल्लो पाँच वर्ष ७ हजार मेगावट विद्युत् उत्पादन गर्ने अनुमान छ ।’ उनले सन् २०२६ सम्म सुक्खायाममा पनि मुलुक विद्युत्मा आत्मनिर्भर भई २५ सय मेगावट विद्युत् बढी हुने बताए ।
सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट विद्युत् उत्पादन क्षमता पुग्ने र त्यो बढेर सन् २०४२÷४३ सम्ममा २० हजार मेगावट विद्युत् उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताए । हाल ११ हजार मेगावट जलविद्युत् उत्पादनका लागि पीपीएको पाइपलाइनमा रहेको जानकारी समेत उनले दिए ।

प्रतिक्रिया