एलडीसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठलाई कतार पठाउने

काठमाडौं । सरकारले अतिकम विकसित मुलुकहरू (एलडीसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्री नारायाण्काजी श्रेष्ठलाई कतार पठाउने भएको छ ।
सोमबारको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई एलडीसीमा नेपालको प्रतिनिधित्व गर्दै भाग लिन कतारको दोहा पडाउने निर्णय गरेको हो । यसअघि उक्त सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाने भएका राष्ट्रपति निर्वाचनको चापका कारण कार्यक्रम भएपछि श्रेष्ठलाई पठाउने भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन अनुमति दिएको श्रेष्ठको सचिवालयले जनाएको छ । यही १९ फागुनमा श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल दोहा जानेछ । श्रेष्ठको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने विषय बैठकको निर्णय नम्बर ६ मा उल्लेख छ ।
एलडीसी राष्ट्रहरूको पाँचौं राष्ट्रसंघीय सम्मेलन सम्मेलन यही मार्च ५ देखि मार्च ९ सम्म कतारको दोहामा हुँदैछ । सम्मेलनमा ‘सम्भावनादेखि समृद्धिसम्म’ शिर्षकमा बहस हुँदैछ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्री दाहालको शुक्रबार कतार जाने कार्यक्रम अन्तिममा आएर स्थगित भए पछि सो सम्मेलनमा भाग लिन श्रेष्ठलाई पठाउने मन्त्रीपरिषदले निर्णय गरेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया