बिहीबार, वैशाख २०, २०८१

आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता, विदेशबाट पठाएको पैसा वालेटमा प्राप्त गर्न सकिने

नेपालखोज २०७९ फागुन १६ गते १७:५६

काठमाडौं । आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दाबी गरी पाउन सक्ने छन् ।

सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदे्श्यका साथ गरिएको हो ।

यो सुबिधा केही समय पस्चात् लाईभ हुनेछ र लागु गरे पस्चात् ग्राहकवर्गहले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया