बिहीबार, वैशाख १३, २०८१

विद्यार्थीलाई महालक्ष्मी विकास बैंकको न्यानो कपडा

नेपालखोज २०७८ माघ ४ गते १८:१५

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान दिने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” सञ्चालन गर्दै आइरहेको छ । बैंककोे पालुङ शाखाले थाहा ७ डाँडाबासस्थित सुन्दरी देवी माध्यमिक विद्यालयमा अध्ययानरत विपन्न परिवारका ६३ जना छात्र छात्रालाई ज्याकेट वितरण गरेको छ ।

विद्यालयमा एक कार्यक्रमबीच पालुङ शाखाका शाखा प्रबन्धक संगिता बज्राचार्यले बिपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिन् । जाडो बढेसँगै स्कुलआउन समस्या भोगिरहेका विद्यार्थीलाई ज्याकेट वितरण गरिनुले दैनिक पठनपाठनमा र विद्यालय सञ्चालनमा सहयोग पु¥याएको बताउँदै विद्यालय प्रधानाध्यापक प्रताप गोलेले बैंकलाई धन्यवाद दिए ।

बैंकले प्रदेश नं १ मा ५, मधेसमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा सरलिकृत तवरले प्रदान गर्दे छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई–कर्मश कार्ड र डलरकार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक: महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।

प्रतिक्रिया