सर्जरी पछि सांसद भण्डारीलाई पुनः आइसियुमा राखियो

नेपालखोज २०७९ फागुन १६ गते २२:००

काठमाण्डौं । ग्याँस दुर्घटनाबाट गम्भिर घाइते भएका संघीय सांसद डा. चन्द्र भण्डारीको सर्जरी पछि पुनः आइसियुमा राखिएको छ ।

भारतमा उपचाररत भण्डारीको दाँया हात र बाँया केही भाग र औलाको सर्जरी गरिएपछि आईविसियुको प्रोटोकल अनुसार पुनः आइसियुमा अब्जरभेसनमा राखिएको मुम्बइबाट सांसद भण्डारीका दाजु मिन प्रसाद भण्डारीले जानकारी दिए ।

शरिरको तापक्रम, धड्कनको गति, श्वासप्रश्वासको दर, रक्तचापको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया