बिहीबार, वैशाख ६, २०८१

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

नेपालखोज २०७९ फागुन १७ गते ९:००

काठमाडाैं । लुम्बिनी प्रदेशसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजकाे बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त ‘मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजन’ सम्बन्धी पत्रहरू पढेर सुनाउने कार्यसूची रहेकाे छ ।

त्यस्तै, प्रदेशसभा सदस्यहरूले विशेष समयमा बोल्न, मुख्यमन्त्री लीला गिरीबाट मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन सभामा पेस हुने, स्वास्थ्यमन्त्री विष्णु प्रसाद पन्थीज्यूबाट स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश सभामा पेस हुने कार्यसूची रहेकाे छ ।

प्रतिक्रिया