शनिबार, असार ७, २०८२

प्रदेश १ को नाम कोसी राख्न दलहरुबीचको सहमति

नेपालखोज २०७९ फागुन १७ गते ९:४३

काठमाडाैं । प्रदेश १ को नाम कोसी राख्न दलहरुबीचको सहमतिको प्रयास जारी छ । आजको प्रदेशसभामा बैठकमा नामकरणको प्रस्ताव पेस गर्ने तयारी हुँदा प्रदेशको नाम ‘कोसी’ मा सहमति जुटाउने प्रयास जारी रहेको जनाइएकाे छ ।

प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिका सदस्य एवम् नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बुधबार बस्ने प्रदेश सभा बैठकमा प्रदेशको नाम राख्ने प्रस्ताव पेस गर्ने तयारी रहेको जानकारी दिए । 

प्रदेशको नाम कोसी राख्न नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राप्रपा र जसपाबीच केन्द्रका शीर्ष नेताहरूको सहमति भइसकेको छ ।

प्रतिक्रिया