शनिबार, असार ७, २०८२

प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित

नेपालखोज २०७९ फागुन १७ गते ११:३९

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ ।

संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ । फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया