नक्कली सुनका गहना सशस्त्र प्रहरीद्धारा बरामद
नेपालखोज
२०७९ फागुन १७ गते ११:५५

काठमाडौं । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट मंगलबार गते सशस्त्र प्रहरीले करीव तीन लाख रुपैयाँ बराबरको बिभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरेको छ ।
भारतबाट अवैधरुपले भन्सार छली ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको हो । बरामद गहना सुठौली भन्सार कार्यालयमा बुझाईएको छ ।
सम्बन्धित

प्रतिक्रिया