क्रिकेटर सन्दीप लामिछाने यूएई उडे
नेपालखोज
२०७९ फागुन १७ गते १७:१७

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु प्रतियोगितामा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने संयुक्त अरब इमिरेट्स (यूएई) उडेका छन् । त्यहाँ उनले नेपाली टिमको तर्फबाट यूएई र मलेसियाविरुद्धको खेल खेल्नेछन् । उनलाई नेपाली टिममा श्याम ढकालको स्थानमा समावेश गरिएको हो । ढकाल ‘नेट प्राक्टिस’का क्रममा सामान्य घाइते भएको क्यानले जनाएको छ ।
नाबालिग बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा खेपिरहेका उनलाई विदेश जान उच्च अदालतले लगाएको रोकलाई यही सोमबार सर्वाेच्च अदालतले फुकुवा गरेपछि विदेशको यात्रा सुनिश्चित भएको हो । उनी आज दिउँसो ३ बजेको दुबइ फ्लाइको उडानबाट गएका हुन् । नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ ।
सम्बन्धित
प्रतिक्रिया