बुधबार, जेठ १, २०८२

ग्रीसमा मनाईयो होली

नेपालखोज २०७९ फागुन १७ गते १७:४४

एजेन्सी । नेपालमा होली आउन केही दिन बाँकी नै छ तर युरोपेली देश ग्रिसमा मानिसहरूले एक अर्कामा रङ्गिन पीठो फ्याँकेर रमाइलो गर्दै होली मनाइसकेका छन् । सुख्खा तथा गिलो रङ्ग खेल्ने हाम्रो चलन ग्रिसको होलीको परम्परा सँग मिल्दोजुल्दो छ ।

त्यहाँ मानिसहरूले एक अर्कालाई रङ्गिन पीठो फ्याँकेर तथा दलेर होली मनाउँदै आएका छन् । यो पर्व खास गरी ग्रिसको गलाजिदीस्थित तटीय सहरमा मनाइन्छ । यो माछा मार्ने माझीहरूको सानो सहर हो । यो पर्वमा सहभागी हुन केही पर्यटक पनि त्यहाँ पुग्छन् ।

पर्यटक कटरिना ड्रोसोपोलो भन्छिन्, ‘यो परम्परा गजबको छ । कोभिड पछि हामी यहाँ रमाइलो गर्न आएका हौँ ।’ कोभिड महामारीका कारण विगत दुई वर्षदेखि लगातार रद्द हुँदै आएको यो पर्वमा यस पटक भिन्नै उत्साह देखिन्थ्यो ।

बुढापाकाहरूका अनुसार त्यहाँका ओटोमन राजाहरूले मानिसहरूलाई उत्सव मनाउन प्रतिबन्ध लगाएका थिए । उक्त आदेश उल्लङ्घन गर्दै मानिसहरू अनुहारमा खरानी दलेर गाउँदै – नाच्दै सडकमा ओर्लिए पछि यो परम्परा सुरु भएको हो । 

प्रतिक्रिया