शनिबार, असार ७, २०८२

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने एकीकृत समाजवादीकाे निर्णय

नेपालखोज २०७९ फागुन १७ गते १८:०९

काठमाडाैं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले सबै नेताहरुको एकमतले रामचन्द्र पौडेललाई राष्ट्रपतिको निर्वाचनमा भोट हाल्ने निर्णय गरेको जनाए ।

उनले सरकारमा जाने विषयमा सकारात्मक भएको पनि बताए । खतिवडाले राष्ट्रपतिका विषयमा भएको निर्णय उचित रहेको निष्कर्ष निकालिएको समेत जानकारी दिए । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ ।

प्रतिक्रिया