शनिबार, असार ७, २०८२

प्रदेश १ को नाम ‘कोशी’ पारित

नेपालखोज २०७९ फागुन १७ गते २२:०९

बिराटनगर । संघीयताको ५ वर्ष लामो अभ्यासपछि प्रदेश १ ले नाम टुंगो लगाएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो ।

बुधबार साँझ भएको मतदानमा कोशीको पक्षमा ८२ मत खसेको छ । सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र, र राप्रपा तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले कोशीको पक्षमा मतदान गरेका छन् ।

विपक्षमा जम्मा ४ मत परेको छ । एकीकृत समाजवादीका चार सदस्यले विपक्षमा मत हारेका हुन् । कोशीको विपक्षमा रहेकी जनता समाजवादी पार्टीका एक्ला प्रदेशसभा सदस्य एवं मन्त्री निर्मला लिम्बुले भने मतदान गर्न पाइनन् ।

मतदान प्रक्रिया सुरु हुने बेला बाहिर परेकी उनी प्रदेशसभाको ढोका बन्द हुँदा रोकिएकी हुन् ।

प्रतिक्रिया