बिहीबार, असार १२, २०८२

चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

नेपालखोज २०७९ फागुन १८ गते ६:१५

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे छ । अहिले कोसी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।

आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति काेसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने  कोसी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया