बिहीबार, वैशाख २०, २०८१

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एकिकृत कारोबार सुरु

नेपालखोज २०७९ फागुन १८ गते ९:५०

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स को एकिकृत कारोबार शुरु भएको छ । विसं २०५१÷०१÷२९ गते बाट सञ्चालनमा आएको प्रिमियर ईन्स्योरेन्स कम्पनी (नेपाल) लि. र बिसं २०६३÷०१÷०१ बाट सञ्चालनमा आएको सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले विधिवत रुपमा मर्जर भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सञ्चालन गरेका हुन ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले एक समारोहका बिच एकिकृत कारोबार शुभारम्भ गरेका हुन । मर्जरपछि बनेको नयाँ कम्पनीका अध्यक्षमा सुरेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा वीरेन्द्र बहादुर वैदवार क्षेत्री नियुक्त भएका छन् ।

दुबै बिमा कम्पनी १ः१ समान शेयर अनुपातमा एक आपसमा मर्जर भए पश्चात् बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको चुक्ता पूँजी दुई अर्ब ८० करोड भन्दा बढी हुने छ भने बिमा कोषमा दुई अर्ब ३४ करोड भन्दा बढी रहेको छ ।

यसैगरी कम्पनीको कुल सम्पति १० अर्ब २५ करोड छ भने बजार पुँजीकरण १८ अर्ब २३ करोड पुगेको छ । कम्पनीद्धारा जारी गरिएको बीमालेख संख्या चार लाख १७ हजार एक सय ८२ रहेको छ । कम्पनीले एक सय २५ वटा शाखा सञ्जालमार्फत सेवा प्रदान गर्ने छ ।

प्रतिक्रिया