शनिबार, असार ७, २०८२

आठ दलीय गठबन्धनका शीर्ष नेताले आज काठमाडौंमा सम्बोधन गर्ने

नेपालखोज २०७९ फागुन १८ गते १०:४२

काठमाडौं । सत्ता गठबन्धनमा रहेका आठ दलका शीर्ष नेताले पहिलो पटक बिहीबार काठमाडौंमा संयुक्त सम्बोधन गर्ने भएका छन् । आठ दलका राष्ट्रियसभा र प्रतिनिधिसभामा रहेका सांसदहरुलाई अभिमुखीकरण गर्ने उदेश्यले राखिएको कार्यक्रममा शीर्ष नेताहरुले सम्बोधन गर्न लागेका हुन् ।

कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम राखेको छ । कांग्रेसको संयोजन र व्यवस्थापनमा आज दिउँसो एक बजे तीनकुनेको एक व्यांक्वेटमा हुने कार्यक्रममा राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरुलाई बोलाइएको छ । उनीहरुलाई आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार छन् । उनीसँग नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । आठ दलीय गठबन्धन बनाउनुको औचित्य र राष्ट्रपतिमा पौडेललाई अघि सार्नुको कारणबारे शीर्ष नेताहरुले सांसदहरुलाई जानकारी गराउने बताइएको छ ।

प्रतिक्रिया