एमाले नेताहरु माधव नेपाललाई भेट्न पार्टी कार्यालय पुगे
नेपालखोज
२०७९ फागुन १८ गते ११:५७

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवासचन्द्र नेम्वाङले नेकपा (एकीकृत समाजवादी)का नेतासँग मत मागेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा एमालेका नेतासहित पुगेका नेम्वाङले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे ।
एकीकृत समावादी अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसालसहितका नेतासँग नेम्वाङले राष्ट्रपतिमा आफूलाई मत दिन आग्रह गरेको एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताए । राष्ट्रपति निर्वाचन यही फागुन २५ गते मतदान हुँदैछ । राष्ट्रपतिका लागि एमालेका नेम्वाङ र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन् ।
सम्बन्धित
प्रतिक्रिया