सोमबार, वैशाख २४, २०८१

१० बलिउड स्टार जस्ले होली मनाउँदैनन् किन  ?

नेपालखोज २०७९ फागुन १८ गते १२:५१

काठमाडाैं । होली आउन लागेको छ । यो पर्वको रमाइलो फरक छ । पर्व मनाउनेहरूले पूर्ण जोशका साथ मनाउँछन् भने कोही यसबाट टाढै छन् । कतिपय फिल्म स्टारले पर्दामा होली मनाएको देखिए पनि उनिहरू वास्तवमा होली पर्व मनाउँदैनन् ।

जोन अब्राहम : जोन अब्राहम प्रकृति प्रेमी हुन् । उनलाई लाग्छ – रासायनिक रंगहरूले पृथ्वीलाई हानि पुर्‍याउँछ । यसबाहेक उनी भन्छन्- म होली मनाउँदैन । कतिपय अवस्थामा मानिसहरुले यो पर्वको गलत फाइदा पनि उठाउने गरेका छन् । म यो चाड मनाउने तरिका बुझ्दिन ।

करीना कपूर : करीना कपुरले आफ्ना हजुरबुवा राज कपूरको मृत्युपछि होली मनाउन छोडेकी थिइन् । शोम्यान राज कपूरको जमानामा आरके स्टुडियोमा भव्य होली पार्टी हुन्थ्यो ।

कृति सेनन : कृति भन्छिन् – ‘एक कलाकारको हैसियतले मैले आफ्नो छालाको हेरचाह गर्नुपर्छ । म पहिले जस्तो होली मनाउँदैन तर यो मलाई मनपर्ने चाड हो ।

तापसी पन्नु : तापसीका आमाबाबुहरु होली खेल्दैनन् । उनीहरुलाई होली खेल्न रुचउँदैनन । उनी यतिबेला काममै व्यस्त रहन रुचाउँछिन् ।

सुरज पञ्चोली : सुरज पञ्चोली पानी बचाउने र खेर नफाल्ने उद्देश्यले होली खेल्दैनन् । बाल्यकालमाउनिले थुप्रै होली खेलेका छन तर अहिले वातावरणप्रतिको जिम्मेवारी बुझेर आफूले होलि नखेलेक‍ो उनी बताउँछन् ।

टाइगर श्राफ : टाइगर श्राफ पनि होली खेल्दैनन् किनभने उनलाई पानी खेर फाल्न मन लाग्दैन । यसका साथै उनी केमिकल मिश्रित कलरबाट पनि टाढा रहन चाहन्छन् ।

आथिया शेट्टी : आथिया प्रकृति प्रेमी हुन् । उनलाई पानी र रंगको बर्बादी मन पर्दैन । यसले मानिसका साथै पशुपंक्षीलाई पनि नोक्सान पुर्याउने उनको मान्यता छ ।

ज्याकलिन फर्नान्डेज : ज्याकलिन श्रीलंकाकी हुन् । त्यहाँ होली मनाउने चलन छैन । त्यसैले उनलाई भारतमा पनि होली मनाउन मन लाग्दैन ।

रणवीर कपुर : रणवीरलाई होली र रङ प्रति खासै मोह छैन । ‘ बलम पिचकारी ’ गीतको छायांकनका क्रममा रङको त्यो वातावरणमा सुटिङ गर्न उनी त्यति सहज पनि नभएको बताईन्छ ।

श्रुति हासन : श्रुति निकै साहसी छिन् तर उनलाई होली खेल्न मन लाग्दैन । रंग मिसाउने क्रममा धेरै पानी खेर जाने उनको धारणा छ । यसबाहेक उनको छाला निकै संवेदनशील छ । जसका कारण उनी होली बाट टाढै रहन्छिन् ।

रणवीर सिंह : जब रणवीर सिंहलाई होली किन मन पर्दैन भनेर सोधिएको थियो तब उनले आफू ओसीडी प्रकारको भएको बताएका थिए । यसको अर्थ उनी भित्र सरसफाइ सम्बन्धि एउटा कीरा छ । उनलाई रंग मन पर्दैन । विशेष गरी जब कसैले आफ्नो अनुहारमा रंग लगाउन कोशिस गर्दछ तब उनी चिढिन्छन ।

प्रतिक्रिया