शुक्रबार, जेठ ४, २०८१

भुसालको पार्टी प्रवेशबारे टिप्पणी : बामपन्थी बौद्विकताको कुनै भर हुँदैन

नेपालखोज २०७९ पुष ३० गते १२:३३

काठमाण्डौं । ‘बामपन्थी बौद्विकताको कुनै भर हुँदैन’ यो कथन कमरेड घनश्याम भुसालले पुनःएकपटक पुष्टि गरिदिए । यो टिप्पणी विश्लेषक डम्बर खतिवडाको हो ।

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरेर स्वतन्त्र रुपमा निर्वाचन लडेका भुसाल शुक्रबार माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी)प्रवेश गरेका छन् । उनै भुसालको कदमबारे विश्लेषक खतिवडाले टिप्पणी गर्दै अवसरवादको संज्ञा दिएका छन् ।

उनले भुसालको कदमलाई पार्टी विना एक क्षण बस्न नसक्ने अधैर्य मानसिकताको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘बामपंथी बौद्विकताको कुनै भर हुँदैन – यो कथन कमरेड घनश्याम भुसालले पुनः एकपटक पुष्टि गरिदिए । फुट्नु पर्ने बेला आँट नहुनु, १० बुँदाका नाममा उल्टै माधब नेपाललाई गाली गर्दै बस्नु, टिकटसम्म एमाले पर्खिनु, टिकट नपाएसी स्वतन्त्र उठनु, स्वतन्त्र उम्मेदवार उठेर गठबन्धनको समर्थन खोज्नु, माओवादीको महिमामण्डन गर्दै भोट माग्नु र बेला न कुबेला अहिले अस्तित्व रक्षाका लागि छटपटाई रहेको, उपेन्द्र यादवसंग एकता गर्न प्रयासरत एकीकृत समाजवादी प्रवेश गर्नु अवसरवादको त हो नै, पार्टी बिना एक क्षण बस्न नसक्ने अधैर्य मानसिकताको पनि पराकाष्ठा हो ।

प्रतिक्रिया