‘काम तत्काल नसके ठेकेदारमाथि कारबाही गरिन्छ’

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्डको अनुगमन तथा निरीक्षण गरेका छन् ।
आफ्नै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्दै आइरहेका घरबेटी शरद अधिकारीले बनाउने ठेक्का पाएको यो सडक खण्ड विगत ८ वर्षदेखि अलपत्र अवस्थामा छ ।
पटकपटक म्याद थप गर्दा समेत अलपत्र छाडिएपछि श्रेष्ठ बिहीबार सडक अनुगमनमा पुगेका हुन् । उनले सडकको अवस्था हेरिसकेपछि संचारकर्मीहरुसँग ‘अब सहिन्नँ’ भनेका छन् ।
स्थानीयले सडक निर्माणमा चरम लापरवाही र हेपाहपूर्ण व्यवहारका कारण वर्षौंदेखि धुलाम्मे सडकबाट उठ्ने धुलोमाटोका घर समेत छाडनु परेको भन्दै काम सयमै सक्न माग गर्दै प्रदर्शन गर्दै ठेकेदार अधिकारी लगायतको तस्बिर सडक र सवारीसाधनमा टाँगेर विरोध जनाउँदै आइरहेका छन् ।
अनुगमनपछि सडक नबन्नुमा ठेकेदारकै चरम लापरवाही देखिएको बताए । तत्काल काम नसके कालो सुचीमा राखेर कम्पनीको इजाजतपत्र खारेजीसम्म गरिने बताए ।
कमलविनायक–नगरकोट सडकखण्ड अधिकारीको शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको छ । अनुगमन टोलीले कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर सडकको स्थलगत अनुगमन गरेको थियो ।
टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया