मंगलबार, वैशाख ३०, २०८२

सिरियामा सन् २०२३ मै ल्यान्डमाइन विस्फोटमा ५५ जनाको मृत्यु

नेपालखोज २०७९ फागुन १८ गते १८:५४

दमास्कस । सिरियामा सन् २०२३ को शुरुदेखि हालसम्म ल्यान्डमाइन विस्फोटमा परी ५५ जनाको मृत्यु भएको छ ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार मर्नेहरूमा दुई महिला र १८ बालबालिकाहरू पनि छन् । घटनाहरू विद्रोही नियन्त्रित क्षेत्र र बारुदी सुरङ्गको पत्ता नलागेका क्षेत्रहरूमा बढी पाइएको छ । त्यस्तै हामाको मध्य प्रान्तको सलामीएह क्षेत्रमा बिहीबार पाँच जना मारिएका छन् ।

साथै सोही अवधिमा बारुदी सुरङ्ग विस्फोटबाट २८ बालबालिका र चार महिलासहित ११८ जना घाइते भएको बेलाइतमा रहेको वाचडग समूहले जनाएको छ । देशको आधिकारिक समाचार एजेन्सी सानाले जनाएअनुसार पाँचजना पीडितहरू ट्रफल (एक प्रकारको (च्याउजस्तै) कन्दमूल) सङ्कलनकर्ता रहेको र इस्लामिक स्टेट (आईएस) आतङ्ककारीहरूले छोडेको बारुदी सुरङ्ग विस्फोटमा परेका थिए ।

बारुदी सुरङ्गमा मारिएका धेरैजसो किसानहरू वा मरुभूमि क्षेत्रमा ट्रफल सङ्कलन गर्ने कामदारहरू रहेको बताइएको छ । यसअघि फेब्रुअरीमा आईएसले पूर्वी सिरियाको मरुभूमि क्षेत्रमा ६४ जना ट्रफल सङ्कलनकर्ताहरूलाई मारेको थियो।

प्रतिक्रिया