मोरक्कोद्वारा अन्तरराष्ट्रिय बजारमा २.५ अर्ब अमेरिकी डलरको ऋणपत्र जारी
नेपालखोज
२०७९ फागुन १८ गते १९:३८

रबात । मोरक्कोले अन्तरराष्ट्रिय वित्तीय बजारमा २.५ बिलियन अमेरिकी डलर ऋणपत्र जारी गरेको छ ।
मोरक्कन समाचार एजेन्सी म्यापले बिहीबार उल्लेख गरेअनुसार मोरक्कोको अर्थ र वित्त मन्त्री नादिया फेताह अलाउईले बन्डहरूलाई १.२५ अर्ब डलरको दुई किस्तामा विभाजन गरेका छन् ।
ऋणपत्र जारी गर्ने सफलता ‘सङ्कटको सन्दर्भमा मोरक्कन अर्थतन्त्रको लचिलोपनमा लगानीकर्ताहरूको विश्वासको प्रमाण हो,” मन्त्री फेताहले बताएका छन् ।
मोरक्कन केन्द्रीय बैंकका अनुसार, उत्तर अफ्रिकी देशको अर्थतन्त्र सन् २०२२ मा १.३ प्रतिशतले बृद्धि भएको छ र २०२३ मा ३.३ प्रतिशतले वृद्धि हुने अपेक्षा पनि गरिएको छ।
सम्बन्धित

प्रतिक्रिया