धोनी, अभिषेक बच्चन, माधुरी दीक्षित जस्ता सेलिब्रेटीको नाममा साइब ठगी ?

नेपालखोज २०७९ फागुन १९ गते १३:३६

काठमाडाैं । भारतका कैंयन चर्चित व्यक्तित्वको नाम प्रयोग गरी साइबर ठगी गरिएको घटना सार्वजनिक भएको छ। ठगहरूको समूहले बलिउड अभिनेता तथा क्रिकेटरहरूको प्यान कार्ड विवरण प्रयोग गरेर ठगी गरेको आरोप छ। यी सेलिब्रेटीहरूमा महेन्द्र सिंह धोनी, अभिषेक बच्चन, शिल्पा शेट्टी, माधुरी दीक्षित, इमरान हाश्मीआदिको नाम समावेश छ ।

डीसीपी रोहित मीनाका अनुसार, ‘अनुसन्धान जारी नै छ, यस विषयमा अहिले नै धेरै भन्न मिल्दैन । दिल्ली पुलिस स्रोतहरूले संचारमाध्यमहरु लाई गिरफ्तार आरोपीहरूमा पुनीत, मोहम्मद आसिफ, सुनील कुमार, पंकज मिश्रा, विश्व भास्कर शर्माको नाम भएको बताएका छन ।

अभियुक्तहरुले अनलाइन उपलब्ध जिएसटि(GST )नम्बरहरूबाट केही सेलिब्रेटीको प्यान कार्ड विवरण निकाले र त्यसपछि पुणेस्थित कम्पनीबाट क्रेडिट कार्डहरू लिए । कम्पनीले यो कुरा थाहा पाएसम्म कार्ड प्रयोग गरेर २१ लाख रुपैयाँको खरिद भैसकेको थियो।

स्रोतहरूले पीटीआईलाई बताए अनुसार आरोपीहरूले जिएसटि नम्बर, गुगलमा उपलब्ध सेलिब्रिटीहरूको जन्म मिति प्रयोग गरे र त्यसपछि तिनीहरूको प्यान कार्ड बनाए र आफ्नो फोटो टाँसे । उदाहरणका लागि, एउटा प्यान कार्डमा अभिषेक बच्चनको प्यान कार्ड नम्बर तथा जन्म मिति थियो तर फोटो अभियुक्त पंकज मिश्रको थियो ।

प्रतिक्रिया