सुवास नेम्बाङ र जनमत पार्टीका अध्यक्ष सीके राउतकाे भेटवार्ता

नेपालखोज २०७९ फागुन १९ गते १७:१९

काठमाडाैं । नेकपा एमालेबाट राष्ट्रपति पदका लागि उम्मेद्वार रहेका सुवास नेम्बाङले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेटवार्ता गरेका छन् ।

एमाले नेता पृथ्बीसुब्बा गुरुङले आफूहरूले पार्टी अध्यक्ष सीके राउतसँग मत मागेको स्पष्ट पारे । उनले अध्यक्ष राउतले सुवासचन्द्र नेम्वाङले राजनीतिमा गरेको योगदानको तारिफ गरेको बताए । अध्यक्ष राउतले भने एमाले नेताहरूलाई छलफलपछि मात्रै जवाफ दिने बताएका थिए ।

प्रतिक्रिया