आइतबार, वैशाख १६, २०८१

मटर इनर्जीको विद्युतीय बाइक

नेपालखोज २०७९ फागुन २० गते ७:०४

Matter Energy ले आफ्नो पहिलो इलेक्ट्रिक बाइक एरा (Aera ) सार्वजनिक गरेको छ । यो बाइक २ वटा भेरियन्टमा लन्च गरिएको छ – ५,००० र ५,०००+ जसको अन्तर्राष्ट्रिय बजार मूल्य क्रमश : २ लाख ३३ हजार तथा २ लाख ४६ हजार जति पर्न आउँछ । यसमा नेपाल सरकारले लिने कुनै पनि शुल्क जोडिएको छैन । कम्पनीका अनुसार आगामी दिनमा यो इलेक्ट्रिक बाइक ४ वटा भेरियन्टमा उपलब्ध हुने भएपनि हाल २ वटा भेरियन्टमा मात्रै सार्वजनिक गरिएको छ । यी विद्युतीय बाइकको बुकिङ आगामी ३० दिनभित्र सुरु हुनेछ ।

म्याटर एराका दुवै भेरियन्टमा लिक्विड कूल्ड ५ किलोवाटको ब्याट्री छ । यो ब्याट्रीले १२५ किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । म्याटर एरा ५०० मा वैकल्पिक ब्लुटुथ कनेक्टिभिटी, पार्क असिस्ट, किलेस अपरेशन, ओटिए अपडेट, प्रोग्रेसिभ ब्लिंकर तथा वेलकम लाइटसहितको ७ इन्चको टच-कम्प्याटिबल डिस्प्ले उपलब्ध हुन्छ ।

यो इलेक्ट्रिक बाइकमा ८० भन्दा बढी कनेक्टिङ फिचर थपिएको कम्पनीको दाबी छ । यसमा अटो रिप्लाई, म्युजिक, कीलेस ड्राइभ, भण्डारण क्षमता, ७ इन्चको स्क्रिन डिस्प्ले, दुर्घटना सावधानी, डुअल डिस्क ब्रेक, जियो फेन्सिङ, कलिङ जस्ता सुविधाहरू उपलब्ध हुनेछन् ।

यो इलेक्ट्रिक बाइक स्टार्ट गर्न चाबीको आवश्यकता पर्दैन । यसलाई स्टार्ट गर्न एउटन सेन्सर दिइन्छ जसलाई आफ्नो खल्तीमा राखेर गाडीका सबै सुविधाहरूमा पहुँच पुर्याउन सकिन्छ । यो बाइकलाई कुनै पनि प्लगमा जडान गरेर चार्ज गर्न मिल्छ ।

प्रतिक्रिया