बिहीबार, वैशाख १३, २०८१

सुदूरपश्चिम प्रदेश : भाेलि विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाह

नेपालखोज २०७९ फागुन २० गते ९:५१

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार (भाेलि) विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री शाहले शुक्रबार प्रदेशसभा सचिवालयलाई २१ गते विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन भन्दै पत्रमार्फत आग्रहसमेत गरेका थिए । आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी व्यवस्थापन भइरहेको जनाइएकाे छ ।

२६ माघमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया