आइतबार, जेठ ६, २०८१

रेखा थापाले गरिन् दोस्रो विवाह !

नेपालखोज २०७८ फागुन २ गते १८:१८

काठमाडौं । अभिनेत्री रेखा थापा फेरि विवाह बन्धनमा बाँधिएकी छन् । निर्माता छविराज ओझासँग विवाह गरेकी रेखाले १० वर्षअघि डिभोर्स गरेर एक्लै बस्दै आएकी थिइन् ।

‘भ्यालेनटाइन डे’ को अवसर पारेर रेखाले विवाह गरेको उनका भाई उदय जीएमले स्पष्ट पारे । केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेको बताइएको छ । तर, विवाह गरेको खुलासा भने भ्यालेनटाइनको दिन पारेर गरिएको छ ।
थापा र शाही लामो समयदेखि प्रेममा थिए । शाही हाल अमेरिका बस्दै आएका छन् । उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका थिए ।

रेखा थापाको जन्म विसं २०३९ भाद्रमा भएको हो । रेखा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा निर्मात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सीजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् । सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् ।

कोटेश्वरमा एकीकृत नेकपा माओवादीको पार्टी मुख्यालय कार्यालयको एक सार्वजनिक कार्यक्रमबीच माओवादीमा उनको प्रवेशले प्रशंसकहरूले केही आलोचना गरेका थिए ।

७ नोभेम्बर २००९ मा रेखाले दरबार स्क्वायरमा, माओवादीको सरकार मुख्यालय घेराउ कार्यक्रमको सभामा प्रचण्डसँग नृत्य गरेकी थिइन् । हाल उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा छिन् । २०७८ को महाधिवेशनमा उनी राजेन्द्र प्रसाद लिङ्देनको पक्षबाट महामन्त्रीको उम्मेदवार भइन् । गत मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा थापा महामन्त्रीमा उठेकी थिइन् । तर, उनी कुन्ती शाहीसँग पराजित भइन् ।

हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले र्चोयो मेरो मन लगायत चलचित्रमा अभिनय गरेकी छन् । अभिनयसँगै थापाले विभिन्न चलचित्र निर्माण गरेकी छन् ।

प्रतिक्रिया