पर्यटकका लागि सुरक्षित देश

काठमाडाैं । मानिसहरु त्यस्ता ठाउँ घुम्न चाहन्छन्, जहाँ कुनै डर हुँदैन अर्थात ती ठाउँहरू सुरक्षित छन् । यसका साथमा ती ठाउँ सुन्दर भए घुम्नुको मज्जा नै अर्को हुन्छ। यहाँ हामी केही देशका बारेमा बताइरहेका छौं जुन पर्यटन र जीवनयापनका हिसाबले सबैभन्दा सुरक्षित छन् ।
तपाईं यी देशको यात्राको योजना बनाएर आफ्नो घुमन्ते जीवनको अनुभव बढाउन सक्नुहुन्छ । यदि संसारको सबैभन्दा सुरक्षित देशको भ्रमण गर्न चाहने हो भने आइसल्याण्डको भ्रमण गर्न सकिन्छ किनभने यो संसारको सबैभन्दा सुरक्षित देश हो । यहाँको जनसङ्ख्या ३ लाख ७२ हजार २ सय ९५ मात्र छ र अपराध दर निकै कम छ । संसारभरका पर्यटक यहाँ बिना कुनै डर– चिन्ता घुम्न सक्छन् । त्यसैगरी पर्यटकहरु न्युजिल्याण्डका पर्यटकीय स्थलहरू पुग्न सक्छन् । यो देश घुम्ने र बस्ने हिसाबले निकै सुरक्षित मानिन्छ । यहाँको जनसंख्या ५,१२४,१०० को हाराहारिमा छ । विदेश घुम्न मन पराउनेहरूले पोर्चुगल भ्रमण गर्न सक्छन् । पोर्चुगललाई पनि विश्वकै सुरक्षित देशको सूचीमा राखिएको छ । यहाँका पर्यटकीय स्थलहरूले पर्यटकको मन जित्छन्।
पर्यटकहरू अस्ट्रिया पनि पुग्न सक्छन् । यहाँको जनसंख्या लगभग २६,१७७,४१३ छ। यो देश पनि सुरक्षित देशको सूचीमा परेको छ । पर्यटकहरू यहाँ बिना चिन्ता घुम्न सक्छन् । डेनमार्क एउटा अर्को सुन्दर देश हो र यहाँ पर्यटकहरू स्वतन्त्र रूपमा घुम्न सक्छन्। ग्लोबल पीस इन्डेक्सका अनुसार यो विश्वको पाँचौं सुरक्षित देश हो।
प्रतिक्रिया