शनिबार, असार ७, २०८२

भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य आजका आवश्यकता : पूर्वप्रम नेपाल

नेपालखोज २०७९ फागुन २० गते १९:१६

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा विद्यमान भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।

आज भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेण्डरी स्कुलको २५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्दै उहाँले देशलाई अब सुशासन र विकासतर्फ अगाडि लैजानुपर्ने बताएका छन् ।

सरकारले शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने औल्याउँदै उनले शिक्षाले विवेक जागृत हुने ज्ञान दिन सक्नुपर्ने बताए । उनले शिक्षा क्षेत्रले असल, इमानदार र कर्तव्यनिष्ठ विद्यार्थी उत्पादन गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री नेपालले समाजमा बस्ने सबैमा एक अर्कामा सम्मान र आदरको भावना विकास गर्नुपर्ने बताउँदै सुसंस्कृति, समृद्धि र प्रगतिको दिशामा लम्कनुपर्ने भनाइ राखे ।

प्रतिक्रिया