होलीको दिन कुन भगवानलाई कुन रङ वा वस्तु चढाउने ?

हिन्दुहरुको प्रमुख चाड मध्येको एक होली हर्ष र खुशीको पर्व हो । यो पर्वमा रङ्ग मात्र खेलिदैन अरु धेरै उपायहरू पनि गरिन्छ जसले गर्दा घरमा सुख, शान्ति, समृद्धि र सुख आउँछ ।
अब हेरौं, होलीको दिन कुन भगवानलाई कुन रङ वा वस्तु चढाउनु शुभ हुन्छ ?
ज्योतिषशास्त्र अनुसार होलीको दिन राधाकृष्णको विशेष पूजा गरिन्छ । मुख्य ढोकामा राधाकृष्णको मूर्ति राखेर पूजामा गुलाबी रंग प्रयोग गर्न सकिन्छ । यसो गर्नाले पति-पत्नीको सम्बन्धमा मधुरता आउनुका साथै परिवारमा सुख-समृद्धि छाउँछ भने तनावपूर्ण वातावरण समाप्त हुन्छ ।
शास्त्र अनुसार होलीको दिन भगवान भोलेनाथको कृपा प्राप्त गर्न सकिन्छ । भगवान शिवलाई खरानी अर्पण गर्ने चलन परापूर्वकालदेखि चलिआएको छ । होलीको दिन होलिका दहनको खरानी भगवान शिवलाई अर्पण गर्नुहोस्, यसो गर्दा घरमा सुख प्राप्त हुन्छ ।
होलीको दिन भगवान गणेशको चरणमा हरियो गुलाल लगाई विधि–विधान अनुसार पूजा गर्नु पर्छ । भगवान गणेशले तपाईको सबै मनोकांक्षा पूरा गर्नुहुनेछ र तपाईका सबै दु:खहरू हटाउनुहुनेछ।
होलीको दिन माता दुर्गालाई रातो रङको चुनरि वा रातो रंगको साडी चढाउनु शुभ मानिन्छ । यस दिन खाँचोमा परेकाहरुलाई कपडा पनि दान गर्न सकिन्छ । माता रानीलाई रातो अबिर चढाउँदा विशेष आशीर्वाद मिल्छ र आफ्ना सबै समस्या समाधान हुनेछन ।
हनुमानजीलाई रातो वा सिन्दुरे रंगको अबिर चढाउन सकिन्छ । यसबाट पारिवारिक तनाव हट्नेछ भने परिवारका सदस्यहरूबीच आपसी प्रेम बढ्नेछ ।
होलीको दिन भगवान विष्णुलाई पहेँलो अबिर चढाएर पहेंलै भोग दिनुपर्छ । यसले हाम्रो जीवनमा खुशी भर्नेछ।
प्रतिक्रिया