बिहीबार, असार १२, २०८२

प्रहरीको साइबर ब्युरोले दियो यस्तो चेतावनी 

नेपालखोज २०७९ फागुन २२ गते ११:४०

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसै प्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन नगर्न/नगराउन आग्रह गरेको छ ।

आइतबार सार्वजनिक सूचना जारी गर्दै सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा आफ्ना एकाउन्ट ह्यान्डल, प्रोफाइल र च्यानलहरूको प्रवर्धन, संवर्धन र भाइरल बनाई अर्थोपार्जन गर्न प्रस्तोता अन्तर्वार्ताकार तथा ब्लगरको रूपमा विभिन्न व्यक्तिहरूलाई अश्लिलजन्य अभिव्यक्ति दिन, बोल्न र प्रदर्शन गर्न उक्साउने तथा प्रोत्साहन गर्ने र सो कार्यको फोटो, अडियो एवं भिडियो समेत उत्पादन हुँदै आएकाले यस्ता काम नगर्न सार्वजनिक सचेत बनाएको हो ।

कानुन विपरितका गतिविधि कोही कसैले गरे वा गराएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने र त्यस्तो कुनै प्रकाशन तथा प्रदर्शन भइरहेको जानकारी प्राप्त भएमा आवश्यक कानुनी कारबाहीको लागि साइबर ब्युरोमा जानकारी गराउन अपिल पनि गरेको छ ।

प्रतिक्रिया