बिहीबार, असार १२, २०८२

भारतीय मिडिया आजतक लेख्छ-भारतको कुन कदमले नेपालमा हंगामा मच्चायो ?

नेपालखोज २०७९ फागुन २२ गते १३:१३

काठमाडौं । नेपालमा जारी राजनीतिक अस्थिरताका बीच देशका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद अभिव्यक्तिले हंगामा मच्चाएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतको आलोचना गर्दै केपी शर्मा ओलीले भारतले बौद्ध कलेज स्थापना गर्ने प्रस्तावलाई स्वीकार गरेर दाहाल सरकारले चीनलाई धोका दिएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार ‘प्रचण्ड सरकारले नेपाललाई विदेशीको खेल मैदान बनाउन भारतलाई मुस्ताङमा बुद्ध कलेज खोल्न दिएको’ भन्दै चीनको समर्थनमा उत्रिएका छन् ।

दाहालको पार्टीले एमालेसँगको गठबन्धन तोडेको अवस्थामा दाहालविरुद्ध ओलीको यस्तो अभिव्यक्ति आएको हो । दाहालको पार्टीले फागुन २४ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेको छ । एमालेसँगको गठबन्धन तोड्नुमा विदेशी शक्तिको हात रहेको ओलीको आरोप छ ।

ओलीको भनाइको खण्डन गर्दै नेपाल सरकारले त्यस्तो कुनै पनि संस्था स्थापना गर्ने निर्णय नगरेको जनाएको छ । नेपाल सरकारका प्रवक्ताले विज्ञप्ति जारी गर्दै त्यस्ता टिप्पणीले देशको वैदेशिक सम्बन्धमा असर पार्ने बताएका छन् । तर, भारत सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया