दिवङ्गत नेता उपाध्यायको आजै साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

नेपालखोज २०७९ फागुन २२ गते १४:५२

काठमाडौं । नेकपा ‘एकीकृत समाजवादी’ का केन्द्रीय सदस्य एवं विज्ञान तथा प्रविधि विभाग प्रमुख सरोज उपाध्यायको पार्थिव शरीरलाई काठमाडौंको मिनभवन, आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ ।

आज दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा उनीप्रति पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकका साथै अन्य राजनीतिक दलका नेतागणले श्रद्धाञ्जली दिइरहेका छन । उनको पार्थिव शरीरलाई ३ बजेसम्म पार्टी कार्यालयमा राखिने छ ।

गत शनिबार शङ्खमूलस्थित एक रेष्टुरेन्टको छतबाट लडेर घाइते एका उपाध्यायको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको आजै साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । दिवङ्गत उपाध्याय पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका कान्छा भाई हुन्

प्रतिक्रिया