मंगलबार, वैशाख ३०, २०८२

बलुचिस्तानमा आत्मघाती आक्रमण : ९ सुरक्षाकर्मीको मृत्यु, १३ जना घाइते

नेपालखोज २०७९ फागुन २२ गते १५:०२

एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा भएको आत्मघाती आक्रमणबाट कम्तीमा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । सोमबार भएको सो आक्रमणमा अन्य १३ जना घाइते भएका पाकिस्तानी प्रहरीले जनाएको छ ।

क्वेटा-सिबी राजमार्गको कम्बरी पुल नजिक बलुचिस्तान कन्स्टेबुलरीका कर्मचारीहरूको ट्रकमा बम विस्फोट गराइएको थियो । सो आक्रमण प्रारम्भिक अनुसन्धानले आत्मघाती रहेको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) महमूद नोतेजाईले बताए ।

प्रतिक्रिया