प्रधानमन्त्री प्रचण्डले सरोज उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरे

नेपालखोज २०७९ फागुन २२ गते १५:५४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी) नेता सरोज उपाध्याय (प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

शनिबार शङ्खमूलस्थित एक रेष्टुराँको ६ तलाबाट लडेर घाइते भएका उपाध्यायको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा सोही दिन निधन भएको थियो ।

एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेर प्रधानमन्त्री प्रचण्डले उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले माधव नेपालसहित सम्पूर्ण परिवारजनमा समवेदना पनि प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया