ओखलढुंगामा वृद्ध दम्पतीको शव भेटियो
नेपालखोज
२०७९ फागुन २२ गते १७:२१

काठमाडौं । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव भेटिएको छ ।
मोलुङ गाउँपालिका-२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षीया बेदुकाको घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
उक्त घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासले बताए ।
सम्बन्धित

प्रतिक्रिया