शनिबार, असार ७, २०८२

सभापति देउवा र नेम्वाङबीच भेटवार्ता

नेपालखोज २०७९ फागुन २२ गते १८:५६

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवासँग र एमालेका राष्ट्रपति उमेदवार सुवास नेम्वाङले भेटवार्ता गरेका छन् ।

फागुन २५ गते हुने निर्वाचनको सम्मुखमा नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले कांग्रेस सभापति देउवा र देउवा पत्नी आरजु राणासँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा नेम्वाङले राष्ट्रपतिका लागि आफू उम्मेदवार रहेको समेत बताएका छन् ।

देउवाले ‘तपाईं राम्रो उम्मेदवार भएको’ भन्दै राष्ट्रपतिमा आफ्नै उम्मेदवार रहेको स्मरण गराए ।

नेताहरुबीच राष्ट्रपति निर्वाचनका अलावा अन्य राष्ट्रिय राजनीतिक विषयमा समेत छलफल भएको छ । ने।

प्रतिक्रिया