गर्मीमा पौडी खेल्दा ध्यान दिनुहोस् यी कुराहरुमा

काठमाडाैं । तातो गर्मी मौसममा असहजता कम गर्न पौडी खेल्नु एउटा उत्तम उपाय हो । गर्मीबाट राहत दिनुका अतिरिक्त यो सम्पूर्ण शरीरको व्यायाममा पनि फाइदाजनक छ । यद्यपि राम्रो र आरामदायक पौडी खेल्नुअघि केही कुरामा ध्यान पुर्याउनु आवश्यक हुन्छ ।
पोखरीको पानीमा क्लोरीन हुन्छ जुन हाम्रो छालाका लागि हानिकारक मानिन्छ । क्लोरीनका कारण छालामा सुख्खापन, दाद, चिलाउने तथा पोल्ने जस्ता समस्या सृजना हुन सक्छन् । तसर्थ पौडी खेल्नु अघि र पछि आफ्नो छालालाई स्वस्थ र चम्किलो राख्न यसको हेरचाह गर्नु निकै आवश्यक र महत्त्वपूर्ण छ ।
पौंडी पोखरीमा प्रवेश गर्नु अघि
१) पूरै शरीरमा बाक्लो गरि मोइस्चराइजर लगाउनुहोस् ।
२) ५० भन्दा बढी एसपीएफ भएको वाटरप्रुफ सनस्क्रिन प्रयोग गर्नुहोस् ।
३) पोखरीमा प्रवेश गर्नु अघि नुहाउनुहोस् ।
४) आफ्नो अनुहार, घाँटी तथा काँधमा सनस्क्रिन लगाउनुहोस् ।
पौडी खेलि सके पछि
१) पोखरी छोड्ने बित्तिकै क्लोरीन हटाउन ताजा पानीले आफ्नो शरीर धुनुहोस् ।
२) शरीर धुन साबुन प्रयोग नगर्नुहोस् ।
३) जब छाला ओसिलो हुन्छ, मोस्चराइजर वा तेलको बाक्लो तह लगाउनुहोस् ।
४) पोखरीको पानीमा भएको क्लोरिनले छालालाई सुख्खा बनाउन सक्छ । त्यसैले यसलाई तुरुन्तै मोइस्चराइज गर्नुहोस्।
प्रतिक्रिया