शनिबार, असार ७, २०८२

सर्वोच्चमा प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा दर्ता

नेपालखोज २०७९ फागुन २३ गते १२:४८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ । सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको मुद्दा गएको शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले दर्ता गर्न आदेश दिएपछि प्रशासनले बल्ल आज दर्ता गरेको हो ।

मुद्दाको दर्ता नम्बर ०७९ डब्लूओ-९४७ रहेको छ । मुद्दामा सुनवाई भोलि बुधबारलाई पेसी तोकिदिएको छ ।

अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले मुद्दामा तत्कालीन जनयुद्धमा मारिएका झण्डै १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने भनी २०७६ को माघी पर्वमा काठमाडौंमा आयोजित कार्यक्रममा बोलेको भिडियो क्लिपलाई प्रमाणको रुपमा पेस गर्दै प्रधानमँत्री प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन माग गरेका छन् ।

न्यायाधीश फुयाँल केपी ओली नेतृत्वको तत्कालीन सरकारको पालामा पार्टी कोटामा एमालेबाट नियुक्त भएका न्यायाधीश हुन् । मुद्दाका पक्ष आरन र बुढाथोकी एमालेनिकट मानिन्छन् ।

प्रतिक्रिया