मंगलबार, वैशाख १६, २०८२

१४ अंकले नेप्से बढ्दा एक अर्ब २० करोडको सेयर किनबेच

नेपालखोज २०७९ फागुन २३ गते १५:५०

काठमाडौं । नेप्सेमा सुधार आएको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से १४ दशमलव ४१ अंकले बढेर १९ सय ५२ दशमलव ६६ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५३ अंकले बढेर तीन सय ७० दशमलव २४ अंकमा पुगेको छ ।

दुई सय ६१ वटा कम्पनीहरुको २४ हजार तीन सय ७३ पटकको कारोबारमा ४० लाख ५९ हजार एक सय ४९ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब २० करोड ४४ लाख नौ हजार चार सय ११ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आाज १३ वटा समुहहरुको कारोबार भएकोमा दुई वटा समुहहरुको सुचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सुचक छ दशमलव ५७ अंकले बढेर १२ सय ९१ दशमलव ६५ अंकम पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ४० दशमलव ८२ अंकले बढेर तीन हजार पाँच सय ४७ दशमलव ४४ अंकमा पुगेको छ ।

जलबिद्युत समूहको सूचक पनि ४१ दशमलव १५ अंकले बढेर दुई हजार पाँच सय चार दशमलव ८६ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि ४४ दशमलव २७ अंकले बढेर नौ हजार सात सय ४७ दशमलव २८ अंकमा पुगेको छ । निर्जिवन बीमा समूहको सूचक पनि ८३ दशमलव ७४ अंकले बढेर आठ हजार सात सय सात दशमलव ६२ अंकमा चढेको छ । फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि बढेका छन् । उत्पादनमुलक र सामुहिक लगानी कोष समूहको सूचक भने आज घटेका छन् ।

नेप्सेमा आज शुभम पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ९१ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव १८ प्रतिशतले घटेर १३ सय ३५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेडको प्रतिकित्ता चार हजार दुई सय रुपैयाँ अन्तिम मुल्यमा १२ करोड सात लाख ८५ हजार पाँच सय तीन रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया