सोमबार, असार २३, २०८२

सैनिक श्रीमती संघले स्वास्थ्य शिविर संचालन गर्ने

नेपालखोज २०७९ फागुन २३ गते १७:३०

काठमाडौं । सैनिक श्रीमती संघले स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सैनिक श्रीमती संघको संयोजकत्व र नेपाल क्यान्सर केयर फाउण्डेशनको सहकार्यमा फाल्गुण २४ गते ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं. ५, लेलेमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको स्क्रिनिङ सम्बन्धी एक दिने शिविर संचालन हुन लागेको हो ।

सम्मेलन बिहान ०९ः३० बजेदेखि अपरान्ह १६ः३० बजेसम्म संचालन हुने शिविरमा, स्वास्थ्य परीक्षणका लागि उक्त मितिको १४ः०० बजेसम्म नाम दर्ता गराउन सकिने जानकारी संघले दिएको छ ।

प्रतिक्रिया