आइतबार, वैशाख २३, २०८१

नेपालमा लैङ्गिक समानता र महिलाहरूको वृद्धिका लागि भिभोको समर्थन

नेपालखोज २०७९ फागुन २३ गते १९:३०

काठमाडौं । कोभिड महामारीपछि विश्वमा पारिस्थितिक प्रणालीमा आएको परिवर्तनका कारण नेपालमा महिला कामदारहरुले ठूलो चुनौती सामना गरिरहेका छन् ।

जब संसारभरका मानिसहरू आफ्नो घरमा थन्किएर बस्न बाध्य भए, महिला उद्यमीहरूलाई उनीहरूलाई जिम्मेवारीले बाच्नका लागि संघर्ष गर्न र आफ्नो प्राथमिकताहरू परिवर्तन गर्न विवश बनायो । यसले महामारीको समयमा धेरै महिला उद्यमीहरूलाई आफ्नो व्यवसाय बन्द गर्न निम्त्यायो । यद्यपि, केहि महिलाहरूले यी चुनौतीहरूलाई सामना गर्दै अरूलाई प्रेरित गर्ने अवसरमा परिणत गरे ।

भिभो, ग्लोबल स्मार्टफोन ब्रान्डले सबै लिङ्गहरूलाई समान रूपमा कदर गर्दै परिवर्तनलाई अघि बढाउने सबै महिलाहरूलाई प्रोत्साहित गर्ने आफ्नो विचारलाई उजागर गर्दै आइरहेको छ । भिभोले आफ्नो “बेन्फेन” अर्थात “सही कामहरु गर्ने र सही तरीकाले गर्ने” मिशनमा जोड दिँदै आएको छ । यसरी, महिलाहरुको भलाइका लागि प्रविधि निर्माण गरेर समाजमा महिलाहरूलाई सशक्तिकरण गर्न भिभो प्रतिबद्ध छ ।

निरन्तर प्राविधिक विकास र नवप्रवर्तनको माध्यमबाट उनीहरूले महिलालाई प्रभाव पार्न र सशक्तिकरण गर्न सक्छन् भन्ने विश्वास भिभोको छ । तसर्थ, उनीहरू समाजमा समतामूलक वृद्धि सुनिश्चित गर्न आवश्यक परिवर्तन ल्याउन निरन्तर प्रयासरत छन् । देशमा उद्यमशीलता र दीर्घकालीन आर्थिक स्थायित्वलाई सहयोग गर्ने प्रयासमा भिभोले ग्रामीण महिलाहरुको जीवनमा प्रभाव पार्न ठूलो काम गरेको छ । यसले महिलाहरूलाई व्यवसायीहरूसँग जोड्न, व्यापार सम्बन्ध स्थापना गर्न र समाजमा परिवर्तन ल्याउन मद्दत गर्याे ।

प्रतिक्रिया