नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ फागुन २३ गते २३:२३

काठमाडौंमा भएको छलफलमा अर्थतन्त्र बचाउन संरचनागत सुधार आवश्यक रहेको निष्कर्ष, तत्काल कदम चाल्न सरकारलाई सुझाव ।

सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन राष्ट्रिय महिला आयोगको आग्रह ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने दायित्व सरकारको भएको नेपाल बार एशोसियशनको निष्कर्ष ।

प्रचण्डविरुद्ध आज दायर गरिएको रिटको पहिलो सुनुवाइ २५ गते ।

राष्ट्रपति निर्वाचनका लागि मतदान केन्द्र निर्माण ।

लोक गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन ।

आईसीसी विश्वकप लिग टु अन्तर्गतको सिरिजमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो ।

‘ए’ डिभिजन लिगमा चर्च ब्वाइजको दोस्रो जित, थ्री स्टार र फ्रेन्ड्सबीचको खेल बराबरी ।

आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालमा आयोजना हुने त्रिकोणात्मक सिरिजका लागि घरेलु टोलीको घोषणा ।

साफ यू–१७ महिला टोलीको घोषणा ।

प्रतिक्रिया