शुक्रबार, वैशाख १२, २०८२

सद्‌गुरुवाणी : जीवन सम्भावना हो, समस्या होइन

नेपालखोज २०७९ फागुन २४ गते ८:४१

अन्तत: तपाईं जीवनमा कति सफल बन्नुहुन्छ भन्ने कुरा तपाईंमा कति स्पष्टता छ भन्नेमा निर्भर गर्दछ ।

गुरु हुनु भनेको शक्ति वा प्रभाव लाद्नु होइन । बरु प्रेम र समावेशी भाव व्यक्त गर्नु हो ।

जब तपाईं जीवन र मृत्युको प्रक्रियालाई आफ्नो हातमा लिनुहुन्छ, तपाईं आफ्नो भाग्यको महान् निर्माता बन्नुहुन्छ ।

पूरै ब्रह्माण्ड ऊर्जा हो । तपाईंले आफूलाई त्यसप्रति खुला राख्नुभयो भने तपाईंको निम्ति कहिल्यै ऊर्जाको कमी हुनेछैन ।

तपाईं निकै ठोस चरित्र बन्नुभयो भने तपाईं कार्टुन बन्नुहुनेछ । यहाँ मन्द हावा जसरी रहनु महत्त्वपूर्ण छ ।

जब तपाईंभित्र कुनै कुराप्रति निकै गहिरो प्रेमभाव हुन्छ, त्यो स्वयम् तपाईंभन्दा बढी महत्त्वपूर्ण हुन्छ । आफूभित्र यो गुण रहँदा विकास सहज हुनेछ ।

कुनै पनि चीज तपाईंको निम्ति कति सहज वा कठिन छ भन्ने कुरा तपाईंको तयारी कतिसम्म राम्रो छ र तपाईं कति तन्दुरुस्त हुनुहुन्छ भन्नेमा निर्भर गर्दछ ।

आफ्ना सन्तानले आफूलाई मान(सम्मान गरून भन्ने अपेक्षा नगर्नुहोस् । तपाईंले उनीहरूसँग प्रेम र मित्रताको सम्बन्ध स्थापित गर्नुपर्छ, न कि सम्मान खोज्ने र अधिकार जमाउने ।

तपाईंको दिमागमा सन्तुलन तर हृदयमा पागलपन हुनुपर्छ । तपाईंले आफूभित्र सही किसिमको केमेस्ट्री निर्माण गर्न सिक्नुभयो भने तपाईंले आफ्नो पूरै जीवनलाई उत्सव बनाउन सक्नुहुन्छ ।

जीवन सम्भावना हो, समस्या होइन, जब तपाईं जीवन र मृत्युको प्रक्रियालाई आफ्नो हातमा लिनुहुन्छ, तपाईं आफ्नो भाग्यको महान् निर्माता बन्नुहुन्छ ।

प्रतिक्रिया