मंगलबार, वैशाख ३०, २०८२

यमनमा डुङ्गा दुर्घटना हुँदा २१ जनाको मृत्यु

नेपालखोज २०७९ फागुन २४ गते १२:३२

काठमाडाैं । यमनमा डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा डुँगामा सवार २१ व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो । यमनको उत्तरी रेड सीमामा सो डुँगा दुर्घटना भएको हो । उक्त डुङ्गा मा २७ जना यात्रु सवार रहेका थिए ।

उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुङ्गा डुबेको बताइएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेकाे समाचारमा जनाइएको छ ।आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुङ्गा डुबेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र छ जना बालबालिका थिए ।

डुङ्गा डुबेपछि उद्धारको कार्य गरिएको र ६ जनालाई जिवीतै उद्धार गरेर अस्पताल पु¥याइएको छ ।

प्रतिक्रिया