‘राष्ट्रको शान, महिला अधिकारको सम्मान’ विषयक विचार गोष्ठी

नेपालखोज २०७९ फागुन २४ गते १३:४७

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाले आज ‘राष्ट्रको शान, महिला अधिकारको सम्मान’ विषयक विचार गोष्ठीको आयोजना गरेको छ ।

गोष्ठीका मुख्य वक्ताको रूपमा रहेका सासद सन्तोष चालिसे, शान्ति श्रेष्ठ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा अमात्यले समान अवसर र समान सहभागिता महिला अधिकारका आधारभुत मान्यता रहेको बताएका छन् । उनीहरुले भ्रष्टाचार मुक्त आचरणमा नारी सहभागिता महत्त्वपूर्ण रहेकोे प्रति वक्ताहरुले धारणा राखे ।

कार्यक्रममा गोकर्नेश्वर नगर प्रमुख दिपक रिजाल, शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व उपमेयर शान्ति नेपाल, शान्ति समाजका पूर्व सभापति होमकान्त चौलागाईं, आचार्य श्री महेन्द्र भट्टराई समेतले विचार राखेका थिए ।

कार्यक्रम शान्ति समाज काठमाडौ शाखाका सभापति भगवान पुडासैनीको अध्यक्षतामा सम्पन्न गरिएको समाजका सचिव प्रमोद फुयाललजानकारी दिए ।

प्रतिक्रिया