आइतबार, वैशाख २३, २०८१

रिलायन्स फाइनान्स लिमिटेडको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपालखोज २०७९ फागुन २४ गते १४:३०

काठमाडौं । रिलायन्स फाइनान्स लि पोखारा शाखाको आयोजनामा मादी गा. पा वडा नं. ७ छाचोकमा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मादी गाउँपालिकाका स्थानीयबासीहरुलाई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा करिब १०० जना स्थानीय महिला, साना व्यवसायी तथा अन्य व्यक्तिको सहभागीता रहेको उक्त कार्यक्रममा बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता सुरक्षित रेमिटायन्स प्रणाली लगायतका विषयमा साक्षरता प्रदान गरेको थियो ।

थाक छाछोक इन्भेष्टमेन्ट समितिका सचिव एवम समाजसेवी बालकृष्ण गुरुङको सभापतित्वमा तथा मादी गा. पा वडा नं. ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको उत्त कार्यक्रमा फाइनान्सका जनसम्पर्क प्रबन्धक सुदिप सापकोटाले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति दुर्गा बहादुर गुरुङ्गले स्थानीयबासीहरुलाई वित्तीय सारक्षता गराइदिएकोमा रिलायन्स फाइनान्सलाई धन्यवाद दिनुको साथै आगामी दिनमा यस्ता कार्यक्रमहरु ग्रामिण क्षेत्रमा प्रथामिकता साथ संचालन गर्न आग्रह गरेका थिए । कार्यक्रमको सहजिकरण गर्दै पोखरा शाखाका प्रबन्धक प्रकाश पौडेलले सेवा, सुविधा, बचत गर्ने तरिका र लाभ, कर्जा प्रक्रिया, दैनिक जीवनमा बैंकको महत्वका साथै वित्तीय साक्षरता र वित्तीय जागरण, आर्थिक समृद्धिका लागि बैकिङ्ग सेवाको महत्व प्रष्ट पारेका थिए ।

वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक स्तर वृद्धिमा योगदान गर्न यस कार्यक्रमबाट सहयो पुग्ने विश्वास गर्दै हालको वर्तमान आर्थिक परिपक्षेमा सवैलाई वित्तीय अनुसाशनको पालना गर्न आग्रह गरेका थिए । कार्यक्रमका सभापति बालकृष्ण गुरुङले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी दिए ।

स-सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिने तथा वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिको पहुच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनुन्, आफ्नो व्यवसायिक योजनालाई फाइनान्सको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उनको भनाइ थियो ।

देशकै अग्रणी फाइनान्स कम्पनीको रुपम स्थापित फाइनान्सले मुद्धती निक्षेपमा सर्वाधिक १२ दशमलव २० प्रतिशत र बचत निक्षेपमा अधित्तम १२ दशमलव २० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल देशका प्रमुख शहरहरुमा प्रधान कार्यालय सहित २२ वटा शाखाबाट सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रतिक्रिया